असोज २० पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा कास्की, स्याङ्जा, तनहँु, नवलपुर (वर्दघाट सुस्ता पूर्व) र गोरखामा गरि २१ जनामा कोरोना संक्रमण देखा परेको हो ।

थपिने संक्रमित मध्य पोखरा महानगरपालिकाका ६ जना, स्याङ्जाको चापाकोटका एक जना, तनहुँको व्यास र देबघाटका एक–एक जना, नवलपुरको गैंडाकोटका ९ जना, मध्यबिन्दु र कावासोती एक–एक जना छन् । यस्तै गोरखाको सिरानचोकका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस अघि मंगलबार नै तनहुँको व्यास नगरपालिकाका २ जना तथा नवलपुरको देवचुली र कावासोतीका एक–एक जनामा पनि पुष्टि भएको थियो । यो सहित गण्डकी प्रदेशमा हालसम्म ४ हजार २६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।