कावासोती ,नवलपुर । सार्वजनिक वाक कलामा आधारित रहेको राष्ट्रिय स्तरको पुरस्कार घोषणा भएको छ।प्रथम ऐतिहासिक रक्तदान महोत्सवको शुभ अवसर पारेर गण्डकी स्किल लर्निङ एकेडेमीले कावासोतिबाट ११ हजार १ सय ११ रुपैयाँ बराबर नगद,पहेलो दोसल्ला र प्रमाणपत्र रहनेगरी विद्यार्थी उत्प्रेरक वक्ता पुरस्कार शुभारम्भ गरेको हो।
देशभरी रहेका माध्यमिक तहका विद्यार्थीहरु मध्यबाट उत्कृष्ट मंच प्रस्तुति राख्ने प्रभावशाली बक्ताहरुको लागि यो पुरस्कार घोषणा भएको गण्डकी स्किल लर्निङ एकेडमीका एकाडेमिक डाइरेक्टर कमल चापागाईंले जानकारी दिएका छन।
पुरस्कारको प्रथम संस्करण पाल्पा दमकडा माविमा ९ कक्षामा अध्ययनरत ओजस्वी आचार्यले प्राप्त गरेकी छन।सानो उमेरमै देश विदेसमा आफ्नो तार्किक ,तथ्यपरक ,उचित शब्द छनोट र प्रभावशाली प्रस्तुतीकरण शैलिले दर्शक श्रोताको मन जित्न सफल भएकी उनी बर्ष २०८१ असार देखि २०८२ असार सम्मको आफ्नो प्रस्तुतिले पुरस्कार जित्न सफल भएको गण्डकी स्किल लर्निङ एकेडेमीका प्रबन्ध निर्देशक किरण भुर्तेलले जानकारी दिएका छन।पुरस्कार माघ १७ गते कावासोतिमा आयोजित प्रथम ऐतिहासिक रक्तदान महोत्सवको अवसरमा हस्तान्तरण गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा ओजस्वी आचार्यका पिता तथा दमकडा माविका शिक्षक जीवन आचार्य ,गण्डकी स्किल लर्निङ एकेडमीका प्रबन्ध निर्देशक किरण भुर्तेल,एकेडेमीक डाइरेक्टर कमल चापागाईं ,गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पुर्व माननीय सदस्य दिपक भण्डारी ,ब्लड डोनर्स सोसाइटी नवलपुरका जिल्ला सदस्य पवन भुर्तेल ,नगर सल्लाहकार महेन्द्र चालिसे लगायतको उपस्थिति रहेको थियो।पुरस्कार हरेक बर्ष माघ १६ गते सहिद दिवसको अवसर पारेर हरेक घोषणा गरिने संस्थाले जानकारी दिएको छ।