मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ स्थित तल्लो गेलाबारीमा आज भएको सवारी दुर्घटनामा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ ।
जाँतेबाट ढुङ्गा लोड गरी आउँदै गरेको ट्याक्टर र स्थानीय १६ वर्षीय सुदिप थापाले चलाएको अटो जय चोकमा एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी अटो चालक थापाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।