माघ २५, कावासोती । नवलपुरको कावासोतिमा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ।
हिजो आइतबार राती ९ बजेतिर कावासोती न.पा.वडा नं.१४ अग्यौली स्थित भित्री सडकखण्डमा गोडारबाट डण्डा तर्फ आउँदै गरेको ग.प्र.०४-००१ प ८५९२ नं.को मोटरसाइकल र विपरित दिशा तर्फ जाँदै गरेको प्रदेश ०३-०३ प २५२१ नं.को मोटरसाइकल र ग.प्र.०४-००२ प १८४७ नं.को बुलेट मोटरसाइकल ठक्कर खान जाँदा भएको सवारी दुर्घटनामा देवचुली न.पा. वडा नं. १७ बस्ने ओम प्रकाश खोजवारको मृत्युु भएको हो।
घाइते खोजवारलाइ उद्वार गरि उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा करिब १० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
दुर्घटनामा संग्लग्न तीन वटै सवारी साधन र ग.प्र.०४-००२ प १८४७ नं.को बुलेट मोटरसाइकल चालक कावासोती न.पा.११ बस्ने घनश्याम महतोलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले बतायो।