अरुणखोला ,नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा न १० मा रहेको नवलपुरको सबैभन्दा पुरानो संस्थागत विद्यालय नारायणी आवासीय माविले प्रभावकारी प्रस्तुतीकरण तथा सार्वजनिक वाककला विषयक ६ दिने तालिम सुरु गरेको छ।
कक्षा ४ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाइ वाककला सिकाउदै ,कार्यक्रम संचालन सीप ,मन्तव्य दिने तरिका तथा विभिन्न प्रतियोगितामा सहभागी हुदा ध्यान दिन पर्ने कुराहरु सिकाइ विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशनक सुशील आचार्यले जानकारी दिएका छन।कार्यक्रमका उद्वघाटन सत्रमा बोल्दै विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति भिम मल्लले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाइ निडर भएर बोल्न तथा आफ्ना क्षमताहरु निर्धक्क भएर प्रस्तुत गर्न सहयोग गर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक किरण भुर्तेलले संसारमा आज मान्छेले प्रभावकारी संचार कलाले गर्दा राज गर्न सफल भएको भन्दै सबैले बोल्ने कला सिक्नु पर्ने बताए। विद्यालयको आयोजना तथा कावासोतीमा रहेको गण्डकी स्किल लर्निङ्ग एकेडेमी र होलिडे स्कुलको सहजीकरणमा संचालित तालिम फागुन ११ गते सोमबारदेखि सुरु भएको तालिम फागुन १६ सम्म संचालन हुने विद्यालयले जानकारी दिएको छ।