कृष्ण पौडेल ,जापान।
पछिल्लो समय नेपालमा चर्चित नभएर नयाँ कलाकारहरूको गीत धमाधम बजारमा आइरहेको छ तर नेपालको गीतसंगीतको बजार यति सुस्त छ कि सामाजिक मौलिकता झल्कने खालका लोकगीत खल्लो हुँदै गइरहेका छन् भने समाजमा नपच्ने खालका गीतहरू हिट हुँदै गइरहेका छन् अझै पछिल्लो समय त घरपरिवार सँगै बसेर हेर्न र सुन्न नमिल्ने खालका गीतहरू बजारमा आइरहेको सुन्न र हेर्न पाइन्छ। तर नेपालमा यस्ता कलाकारहरू पनि छन् कि जो चाडपर्वमा घटेका घटनालाई टपक्क जस्ताको तस्तै चित्रण गर्ने र प्रस्तुत गर्ने गरे पनि नेपालको गीतसंगीतको बजार र नयाँ कलाकार सधैँ सुस्ताएको देखिन्छ l
यसै बीचमा संस्कृति र सभ्यता भनेर चिनिने हिन्दू नारीहरूको महान चाड तीज नजिकिँदै गर्दा रित्तो आँगन बोलको गीत सार्वजनिक भएको छ l तिलक भट्टराई अन्जनको शब्द रहेको गीतमा तिलक भट्टराई कल्पितले लय भोरेका छन् भने गीतमा लीला ढकाल ,तिलक भट्टराई अन्जन ,तिलक भट्टराई कल्पित, खुमन पराजुली र सीता पौडेलको स्वर रहेको छ। तिलक भट्टराई कल्पितको निर्देशन रहेको गीतमा दीर्घनाथ गौतम, कला तिवारी अञ्जली, सन्दीप लामिछाने, सीता पौडेल, ओजस्वी भट्टराई, निश्चल पराजुली को अभिनय रहेको छ l
गीतको सबै पक्ष राम्रो भएकाले सफल हुनेमा आफूहरू आशावादी रहेको कलाकारहरू बताउनु हुन्छ। गीत तिलक भट्टराई अन्जन को युट्युब च्यानलबाट सार्वजनिक भएको छl
गितको युटुब लिंक तल दिइएको छ। https://youtu.be/8hAku2XWevE?si=udAI16T6OOJGaLFL