श्रावण ९, कावासोती । समता शिक्षा निकेतन कावासोतीले शैक्षिक वर्ष २०८२ को प्रथम त्रैमासीक परिक्षाको नतिजा आज सार्बजनिक गरेको छ। प्याब्सन नेपालको पुर्व सह-कोषाध्यक्ष तथा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष दिपकराज लम्सालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका प्रत्येक सेक्सनमा अध्यनरत विद्यार्थीहरुको नतिजा सार्वजनिक गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरुलाइ अभिभावकहरूको उपस्थितिमा प्रत्येक कक्षाका ५ जना सर्वोत्कृस्ट विद्यार्थीहरुलाइ पुरस्कार बितरण, हरेक कक्षाका ४/४ जना बाबुनानुहरूलाई सर्बोत्कृस्ट हस्तलेखन र उत्कृस्ट प्रस्तुतिकरणमा विदामा सम्मान गरीएको छ। कार्यक्रममा बिद्यार्थीहरूले स्वागत मन्तब्य, नृत्य प्रस्तुती लगायतका विभिन्न कला प्रदर्सनी समेत गरेका थिए।
कार्यक्रममा २०८१ सालको कावासोती नगरपालीका स्तरीय कक्षा ५ र ८ तथा एस ई ई २०८१ मा उत्कृस्ट नतिजा दिने शिक्षकहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश भुर्तेलले समताका संस्थापक उत्तम संजेलको संकल्प अनुरूप दुई बर्ष भित्र समता स्कुल कावासोतीलाई गुणस्तरीय शिक्षा संगै सामुदायीक स्कुलहरूले भन्दापनी अत्यन्त कम शुल्कमा कावासोती नगरपालीकाको सबैभन्दा धेरै भौतिक सुबिधा सम्पन्न स्कुल बनाई छाड्ने घोषणा गरेका छन।
समताको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न