चोरमारा,नवलपुर ।नवलपुरको मध्यविन्दु नगरपालिकामा ब्लड डोनर्स सोसाइटीको मध्यविन्दु नगर कार्यसमिति चयन गरिएको छ।आज नवजागरण माविको सभाहलमा आयोजित भेलाले पवित्रा भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
कार्यक्रम संयोजक वसन्त न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि ब्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष भोजराज भुर्तेल किरण रहेका थिए भने बिशिस्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद देवकोटा ,नेपाल रक्तदाता स्वयमसेवी समाजका जिल्ला अध्यक्ष धर्मराज लुइँटेल ,समाजको कावासोती नगर अध्यक्ष माया भण्डारी लगायत रहेका थिए।
भेलाले उपाध्यक्षमा सन्दिप मल्ल,सचीवमा प्रविन नेपाल ,कोषाध्यक्षमा मनिक ढकाल तथा सह-सचिबमा रिता भण्डारी लगायतलाई चयन गरेको छ।साथै कार्यक्रमबाट नवजागरण कलेजमा समिती निर्माणका लागि आज्ञा नेपालको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिती समेत गठन गरेको छ।कार्यक्रममा केन्द्रिय महासचिव अन्जान दवाडी ,केन्द्रिय सल्लाहकार तथा चितवन जिल्ला उपाध्यक्ष अभिषेक अधिकारीको उपस्थिति रहेको थियो।