कावासोती ,नवलपुर। ब्लड डोनर्स सोसाइटीले सरस्वती माविमा प्लस टु स्तरीय समिती गठन गरिएको छ।ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजनामा कार्तिक १७ गते सरस्वती मावि स्कुलको सभाहलमा सम्पन्न कार्यक्रमले रक्तदाता निम बहादुर चौधरीको संयोजकत्वमा समिति गठन गरेको हो।
ब्लड डोनर्स सोसाइटी नवलपुरको अध्यक्ष भोजराज भुर्तेल किरणको अध्यक्षमा सम्पन्न कार्यक्रममा सोसाइटीका जिल्ला सदस्य पवन भुर्तेल,विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ,विद्यालयका प्रधानाध्यापक फणीन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।चौधरीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय समिति चयन गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले शुभकामना मन्तव्य राखेका थिए ।जिल्ला कार्यसमितिले जिल्ला भरका प्लस टु तथा क्याम्पसहरुमा साथै हरेक पालिकामा समिती गठन गर्दै जाने र जिल्लामा रक्तदान महोत्सव आयोजना गर्ने,बजेटमा ब्लड कार्यक्रम लिएर पालिका पालिका पुग्ने साथै नया रक्तदाताका लागि सचेतना कार्यक्रम समेत जिल्लाभर गर्ने योजना रहेको जिल्ला अध्यक्ष भोजराज भुर्तेल किरणले जानकारी दिएका छन।