संजय कुशवाहा
९ बैशाख, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ जहदामा टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्युु भएको छ भने २ जना घाइते गम्भीर भएका छन ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख २२९६ नम्बरको टिप्परले साेहि दिशाबाट जादै गरेकोे भारतीय मोटरसाइकल युपि ५६ एसी ९८०२ नम्बर तीन जना सवार माेटरसाईकललाई पछाडिबाट ठक्कर दिदा माेटरसाईकल चालक सरावल गाउँपालिका वडा न. ५ फुलबारीया निवासी अन्दाजी २० वर्षको धनइ राजभरकाे घट्ना स्थलमा मृत्यु भएको हाे। भने साेहि गाउँकाे बर्मा राजभर र चिन्तामणि राजभर गम्भीर घाइते भएका छन ।
घाइते दुई जनालाई सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ । भने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।