मध्यबिन्दु नगरपालिका–८, चौरङ्गीमा अवस्थित नेपाल ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कूल को ३० औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता श्री ई. शरद तिवारी ले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी (ब.सु.पू.) का प्रमुख श्री दिपेन्द्र राज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, मध्यबिन्दु नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत श्री कृष्ण प्रसाद रेग्मी तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य श्री रमेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
विद्यालयका प्रधानाध्यापक श्री खेम बहादुर चौधरी ले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगति, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले विद्यालयलाई सहयोग गर्ने अभिभावक, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, नाटक तथा प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए। साथै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारका सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
वार्षिक उत्सव कार्यक्रममा अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।!