कावासोती ,नवलपुर । कावासोती निवासी मिनराशी गुरुङको दोस्रो स्मृति दिवसमा आज साउन २० गते कावासोती दाजुभाइ समुहले आज विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री सहयोग गरेका छन।कावासोती दाजुभाइ समुहले यसअघि साउन १७ गते स्मृति दिवसको दिनमा कावासोतिकै मौलाकालीका अपाङ्ग संस्थामा समेत खाद्यान्न सहयोग गरेको थियो।
४३ वर्षकै अल्पाआयुमा स्वर्गबास भएका मिनराशी गुरुङ कावासोती आसपास एक सक्रिय युवा व्यवसायी तथा सामाजिक अभियान्ता रहेका थिए।नेपाली कांग्रेस आवद्ध उनी पार्टी भन्दा माथी उठेर सबै युवाहरुलाइ संगठित गर्दै सबैसँग समन्वय र सहकार्य गर्ने स्वभावले युवाहरू विच परिचत तथा लोकप्रिय रहेका थिए।सामाजिक विकृती विरुद्ध आवाज उठाउदै आएका उनले सबै युवाहरुको समस्याहरुमा उभिने र सबै दल र विचार समुहका युवाहरुलाइ समान नजरले हेर्दै एकजुट बनाएर लिएर जाने हुदा कावासोती र आसपासका युवाहरु उनिसंग नजिक भएको कावासोती दाजुभाइ समुहका सागर गैरेले जानकारी दिए।
छोटो समयमै आफ्नो स्वभाब र प्रभावकारी नेतृत्वको कारणले आफ्नो छुट्टै छाप छोड्न सफल गुरुङको योगदानलाई कदर गर्दै स्मृति दिवसमा मौलाकालीका अपाङ्ग संस्थामा २० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको र आज कावासोती ७ को नारायणी आधारभुत विद्यालयमा ५० हजार बराबरको शैक्षिक सामाग्री स्वर्गीय मिनराशी गुरुङको धर्मपत्नी राधा गुरुङको हातबाट वितरण गरिएको हो ।