गैर–आवासीय नेपाली संघ (NRNA) जापानको केन्द्रीय उपाध्यक्ष(२०२५-२०२७) पदमा नारायण सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जापानको फुकुओका क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय सुबेदीले समुदायका साझा हित, पारदर्शी नेतृत्व र समावेशी सोचका लगायतका मुद्दा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन।
उम्मेदवारी घोषणासँगै उनले जापानभर रहेका नेपाली समुदायसँग समर्थन र सहयोगको समेत अपिल गरेका छन्। “मेरो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थ वा पदको लालसा होइन। म सबै नेपालीले ‘हाम्रो र राम्रो संस्था’ भनेर गर्व गर्नसक्ने NRNA बनाउने लक्ष्यका साथ अघि बढेको छु।”सुवेदीले भनेका छन।
उनी लामो समयदेखि NRNA जापान अन्तर्गतका विभिन्न भुमिकामा काम गरेर अनुभव बटुलेका व्यक्ति हुन।उनी२०१७–२०१९: सदस्य, NRNA क्युस्यु कार्यसमिति,२०१९–२०२१: कोषाध्यक्ष, NRNA जापान,२०२१–२०२३: मानार्थ सदस्य, NRNA जापान,२०२३–२०२५: कार्यकारी सदस्य, NRNA जापान को जिम्मेवारीमा रहेर कुशलता पुर्वक आफ्नो जिम्मेवारी सम्पन्न गरेका व्यक्ति हुन।
नारायण सुबेदीले नेतृत्वमा पारदर्शिता, इमानदारी र सहकार्यलाई मुख्य कार्यशैली बनाउने अठोट व्यक्त गरेका छन्। जात, धर्म, भूगोल वा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै नेपालीलाई समेट्न सक्ने संस्थाको परिकल्पना उनका शब्दहरूमा प्रस्ट झल्किन्छ।
“नाराको होइन, साराको NRNA बनाउनेछौं — हाम्रै कार्यकालमा! भन्ने संकल्प सहित उनले अनुरोध गरेका छन:"तपाईंको एक मत सकारात्मक परिवर्तनको बलियो आधार बन्न सक्छ। साथ र विश्वास दिनुहोस्, म कहिल्यै धोका दिनेछैन।”