असोज ३० पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणका क्रममा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या बढेको हो । पछिल्लो क्रममा थपिने संक्रमित मध्य नवलपुर वर्दघाट सुस्ता पूर्वका २३ जना, गोरखा र लमजुङका एक–एक जना छन् ।
नवलपुरका देवचुलीका ४ जना, गैंडाकोटका १८ जना र कावासोतीका एक जना, लमजुङको सुन्दरबजार र गोरखाको गोरखा नगरपालिका एक–एक जना थपिएका हुन् ।
यसअघि , आजनै पोखरा महानगरपालिकाका १९ जना, गोरखाको पालुङटारका ४ जना, नवलपुरको कावासोती र देवचुलीका १५ जना, बाग्लुङको गल्कोटका ७ जना, तनहुँको ऋषिङ र ब्यासका ६ जना र लमजुृङको सुन्दरबजारका २ जनामा कोरोना पुष्टि भएको थियो ।