नवलपुर । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४ जनामा कारोना सङक्रमण पुष्टि भएको छ ।
कारोना सङक्रमण पुष्टि हुने मध्य कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना फेवासिटी अस्पतालमा उपचार गर्न आएका थिए भने बाँकि २ जना भने कन्ट्रयाक टेसिड्डबाट पहिचनामा आएका हुन् । ति संक्रमितहरुलाई आईसोलेसनमा राख्ने ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा जानकारीमा आएको छ ।
यो सँगै गण्डकि प्रदेशमा कारोना सङक्रमितको सङख्या ५१३१ पुगेको छ भने कारोना देखि मृत्यु हुनेको सङख्या ४७ पुगेको छ ।