खगेन्द्र पराजुली, १ भदौ, नवलपुर । बौदीकालीका एक बिद्यालयका शिक्षकमा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित संख्या ३ सय ४२ पुगेको छ । आज पुष्टि भएका बौदीकाली गाउँपालिका वडा नं. ४ का ३५ बर्षका पुरुष भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले जानकारी दिए । साउन ३० गते संकलित ४३ जनाको स्वावमध्ये एक जना समुदायका मानिसमा संक्रमण पुष्टि भएसँगै संक्रमितलाई आईशोलेशनमा पठाईसकेपछि कन्ट्याक्ट ट्रेसिङको काम थालिने उनले बताए । समुदायलाई लक्षित गरी संकलन गरिएको अरु ४२ जनाको रिपोर्ट नेगेटिभ रहेको जनाईएको छ ।
नवलपुरको बौदीकालीका एक शिक्षकमा कोरोना पुष्टि