कावासोती ,बैशाख २७। नवलपुरको कावासोतिमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। आज बेलुका करिब ६ बजेको समयमा कावासोती १ को भित्री बाटोमा मुण्डेबाट लोकाह तर्फ आउदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइक चालकले नियन्त्रण गुमाउदा दुर्घटना भएको थियो।
दुर्घटनामा परि गम्भीर घाइते भएका कावासोती वडा न ११ का इश्वर दर्लामी र सागर दर्लामिलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक हस्पिटलमा पठाइएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।घटनाको विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ।