नेपाली काँग्रेस कावासोती नगर कार्यसमितिको आयोजनामा तीन दिने उद्वघोषण कला तथा नेतृत्व विकास तालिम कार्यक्रम आज सम्पन्न भएको छ।कावासोती २ विपि चोकमा रहेको विपि स्मृति भवनमा २० गते सुरु भएको तालिममा कावासोती नगरपालिकाका १७ वटै वडाका महिलाहरुको सहभागीता रहेको थियो।
आज तालिममा तीन सेसन रहेको थियो।तालिमको पहिको सेसन उद्वघोषण सम्बन्धि रहेको थियो जस्को सहजीकरण कार्यक्रम संयोजक किरण भुर्तेलले गरेका थिए भने नेतृत्व विकास सम्बन्धि पछिल्लो दुई सत्रहरु क्रमश सहजकर्ता खेमराज सापकोटा र केबि रानाले गरेका थिए।
यसैबिच आज एक कार्यक्रम आयोजना गरि कार्यक्रम समापन गरिएको छ।नेपाली काँग्रेस कावासोती नगर सभापति शालिकराम ढकालको अध्यक्षमा रहेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला उपसभापति बालकृष्ण घिमिरे रहेका थिए भने कार्यक्रमको संचालन सचिब झबिन्द्र काफ्लेले गरेका थिए।समापन कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु क्रमश कपिलदेव भुसाल,खगिसरा गुरुङ ,खिना भुसाल,बिन्दु केसि ,लक्ष्मी गौतम लगायतको उपस्थिति रहेको थियो।