दीपेन्द्रसिंह ऐरीले फिनिसिर भूमिका पूरा गर्दा आईसीसी टी–२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई सात विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
विश्वकपमा नेपालले यो १२ वर्षपछि निकालेको थियो । नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा अफगानिस्तानविरुद्ध नौ रनको जित निकालेको थियो । मंगलबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले २३ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए । विश्वकपमा नेपालबाट यो नै सबैभन्दा छिटो बनेको अर्धशतकसमेत हो ।
दीपेन्द्र विश्वकपको इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने । उनले यसअघि वेस्ट इन्डिजविरुद्ध ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।