फागुन २४, कावासोती।
कावासोती नगर युवा संजालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा शाखाको व्यवस्थापनमा संचालित दुइ दिने नेतृत्व विकास ,मनोपरामर्श तथा युवा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
हिजो फागुन २३ र आज २४ गते दुई दिन सम्म संचालन भएको कार्यक्रममा आज उद्घोषण कला सम्बन्धि सेसन किरण प्रशिक्षक किरण भुर्तेलले र युवामैत्री स्थानीय शासन सम्बन्धि सेसन दिपक शर्माले सहजीकरण गरेको अध्यक्ष पवन भुर्तेलले जानकारी दिए।
कार्यक्रममा दुई दिन सम्म उद्घोषण कला,उत्प्रेरणात्मक मनो परामर्श तथा युवा मैत्री स्थानीय शासनका विषयहरुमा कार्यशाला सहितको सत्रहरु रहेका थिए।कार्यशालामा सहभागी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाइ समापन कार्यक्रमको प्रमुख अतिथी कावासोती नगरपालिकाको उप प्रमुख फुलकुमारी थनेतबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष भुर्तेलले आगामी दिनहरुमा समेत युवा संजालले युवामैत्री विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्वता व्यक्त गरे।
