नवलपुर, असार १० । अनेरास्ववियु र संस्थागत विद्यालय सञ्चालकको साझा संस्थाबीच ६ बुदे सहमति भएको छ । नवलपुरको कावासोतीस्थित प्याब्सन कार्यालयमा आज आईतवार आयोजित संयुक्त प्रेस मिटमा विद्यार्थी संगठन र संस्थाष्त बिद्यालबीच भएको सम्झौता सार्वजनिक गरेका छन्।अनेरास्ववियुले शैक्षिक शत्रकै दौरानमा राखेका विभिन्न मागसँग सम्वन्धित रहेर भएका सम्झौताको पहिलो बुँदामा राज्यको ऐन कानुनले तोके बमोजिमको १०% छात्रवृत्ती वितरणको लागि पारदर्शी ढंगले आगामी शैक्षिक शत्र २०८१ देखि अभिभावक, विद्यार्थीलाई सुचित गर्ने र विद्यालयको सार्वजनिक पेज तथा वेब पेजमा राखिने उल्लेख छ । त्यसैगरी छात्रवृत्ती वितरणको अभिलेखिकरण एवं उपलब्ध गराएको प्रतिव्यक्ति रकम समेत स्पष्ट खुुलाउनुपर्ने भनिएको छ । जसका लागि छात्रवृत्ति वितरण समितिको गठन गरी छात्रवृत्ति वितरणलाई व्यवस्थित गर्ने सम्झौतामा छ ।गि स्वीकृत मासिक पढाई शुल्कको ५०% मा नबढाइकन वार्षिक किस्तामा लिनुपर्ने र शैक्षिक सिकाई सामाग्री बापत मासिक शुल्कको वर्षमा १ पटक १० प्रतिसत मात्रै लिन पाउने उल्लेख छ। ढिलोमा असोज ८ गतेसम्ममा यातायातको साधनमा सिट संख्या बराबर मात्र विद्यार्थी ओसार पसार गर्न सञ्चलाक पक्ष सहमत भएका छन् । स्थानीय तहलाई विद्यालय वर्गीकरणका लागि दबाब दिने र वर्गीकरण गरे पश्चात् उक्त निकायले तोकेको मापदण्ड अनुसार आ– आफ्नो वर्गीय स्थान बमोजिम प्रत्येक विद्यालयद्वारा शुल्क समायोजन तथा एकरुपता कायम गरिने सम्झौता दुबै पक्षले गरेका छन् । आउँदो असोज ८ गतेभित्रमा माध्यमिक तहमा अनिवार्य नर्सको नियुक्ती गर्नुपर्ने र आधारभूत तहमा कम्तिमा त्रैमासिक रुपमा स्वास्थ्यकर्मीद्वारा आधारभूत स्वास्थ्य परीक्षण गरिने सम्झौतामा उल्लेख छ ।प्रत्येक विद्यालयका साथै विभिन्न समूहले जिल्ला समन्वय तथा स्थानीय निकायको अनुमति लिएर मात्र पाठ्यपुस्तकमा परिवर्तन गर्ने एवं थपघट गर्ने साथै पाठ्यक्रम परिवर्तन नभएको खण्डमा पाठ्यपुस्तक कम्तीमा ३ वर्षसम्म परिवर्तन गर्न नपाइने सम्झौता गरेका छन् । सम्झौता पत्रमा बिद्यार्थी संगठनका तर्फबाट अनेरास्ववियु नवलपुर अध्यक्ष विष्णु पौडेल, प्याब्सन नवलपुर अध्यक्ष दिपक रावत र एन प्याब्सन, नवलपुर अध्यक्ष रमेश अधिकारीको संयुक्त हस्ताक्षर रहेको छ ।
अनेरास्ववियु र संस्थागत विद्यालय बिच ६ बुँदै सम्झौता ,अनेरास्ववियुको आन्दोलन स्थगित