सदन भित्रबाटः
आज प्रतिनिधि सभाको भवन भित्र सभामुख पदका लागी मतदान हुने दिन जहा अगाडी रोष्टममा बिभिन्न दलका सांसदहरुले आफ्नोउम्मेदवारका पक्ष बिपक्षमा वकालत गरिरहदा मेरो मानस्पटलमा भने माघ १ गते अर्थात माघे संक्रान्ति पर्व । नेपालीहरुको चार्ड मध्यकोएक पर्व । विशेष गरि मगर,थारु लगायतका जातीहरुको पर्व । हुन त यो पर्वमा हरेक नेपालीहरु रम्ने गर्दछन ।आफ्ना परिवार संग मिठोपरिकार बनाएर खाने गर्छन। म पनि यहि पर्वको लागि आफ्नो घर पोखरा आएको थिए । त्यो दिन बिहानै देखि माघी पर्वको रौनक थियो। घरका परिवार मिष्ठान्न परिकार जोहो गर्दै थिए। घर टोल समाजमा एक किसिमको चाडपर्वको माहोल थियो।पोखरा आएको समयअक्सर म कुनै न कुनै कार्यक्रमहरुमा सहभागिताको लागि निम्तो आउँछ । माघ १ गतेको दिन पनि बिहानै योग दिवसको अवसरमाभद्रकाली मन्दिरको प्राङ्गण, माछा पोखरी स्थित मैदानमा आयोजित कार्यक्रममा सहभागिता जनाएर प्यारो भाई सन्जिव बास्तोला रप्रिय मित्र नारायण थापा संग देश र समाजको विकास बारे मिठो गफगाफमा थियौ । एकछिनमा मेरो पिए संगीत श्रेष्ठ पनि आइपुगे ।लगभग त्यस बेला बिहानको १०ः३५ बजेको थियो ।
गफिदै जाँदा घर परिवारका अन्य सदस्यहरु पनि संगै थियौ । चाडको समय घरमा परिवार संगै खाना खाने चाजो पाजो थियो । अबखाना खाँउ भन्दै भित्रबाट मेरो श्रीमतिले आवाज दिइन ।
घरको मुलीले खाए पछि अन्य सदस्यले खाने चलन छ हाम्रोमा । खाना खान भित्र पस्ने बेला भद्रकाली मन्दिर नजिक मेरो घर माथीकोआकाशमा जहाजको अहिलेको रुट पर्दैन । तर त्यो दिन जहाज हाम्रो घर माथिको आकाश माथि आएको बाबाले पनि देख्नु भएको रहेछ। कहिले यो रुट नआउने ठुलो जहाज किन आएछ भन्ने बाबालाई पनि लागेको रहेछ ।
बाबा आमाले खाना खाई सके पछि हाम्रो घरका अन्य सदस्य पनि खाना खान भित्र पस्यौ । खाना खान के शुरु गरेको थिए । वडा नं.१०का वडा सदस्य मेरो मित्र पुर्ण चन्द्र न्यौपानेले फोन गर्नु भयो । उहाँको आवाज अन्य बेलाको जस्तो थिएन । आत्तिएको जस्तो स्वरमाउहाँले फोन गर्नुभयो। के भयो भनेर सोधे । उनले भने यति एयरको जहाज सिताराम प्लटिङ्ग नजिक दुर्घटना भयो रे । बाबाले अघिघरको आकाश माथि कहिले नआउने जहाज आएको देख्नु र साथीले दुर्घटनाको खबर सुनाउनुले एक छिन म पनि होस हराएको जस्तोभए । साथी पुर्णले फोन मा त कहाँ छस भन्दै आतिएर फोनमा कराउदै थियो ।
दुर्घटना भएको बस्ति तिर मेरो आफन्तहरु पनि छन । झल्यास उनीहरुको याद आयो । अनि मैले मेरो जेठान कर्ण दास दाईलाई फोन गरेर सोधे दाइ जहाज दुर्घटना भयो रे के हो ?वहाँले आतिएको स्वरमा ठुलो आगोको मुस्लो उडेको छ बाब्ु भने पछि झन मनमा डर पैदाभयो । दुर्घटना भएको यति एयरको ठुलो एटिआर ७२ सिटे जहाज रहेछ । कर्ण दाईलाई यतिको ठुलो जहाज छ भन्ने नै थाहा रहेनछ ।
फोनमा कुरा हुदाँ हुदै दाइ पनि दुर्घटना स्थल लिर लाग्नु भयो । म पनि ढिला नगरी मेरो पिए संगित श्रेष्ठलाई बोलाएर दुर्घटना स्थलतिरलाग्यौ,दुर्घटना स्थलमा म छिटो पुगेर हुने वाला त केहि पनि थिएन तर पनि प्रतिनिधि सभा सदस्य भएकोले त्यहाँ केहि कुरालाई छिटोछरितो गर्न निर्देशन दिन सक्छु कि भन्ने लागेर अमरसिङ्ग पेन्सेन क्याम्पको पछाडिबाट छोटो बाटो गयौ ।
छोटो बाटो जादाँ पनि त्यहाँ मान्छेको भिड निकै बढि सकेको रहेछ । सडक भिड भएको कारण एम्बुलेन्स दमकल लगायतका इर्मजेन्सीकोलागि जाने साधनलाई बाटो थिएन । त्यो भिडमा एम्बुलेन्स रोकिएको थियो । दमकललाई जाने बाटो अबरुद्ध भएको थियो । त्योदृश्यमा म मुख दर्शक भएर बसे । दुर्घटना स्थलबाट जहाजमा लागेको आगोले मौसम धुमिल भएको थिए । मान्छेको डढेको गन्ध परसम्म आएको थियो । भिड छिचोल्दै दुर्घटना स्थलमा पुग्दा नेपाल प्रहरी,आर्मी,शस्सत्र र त्यहाँ स्थानीयहरुले दुर्घटना भएको ठाउँमाउद्धारमा खटि सकेको रहेछ ।
साघुरो बाटो नजिक भिरमा जहाज दनदनी बलि रहेको थियो । त्यत्रो आगोको मुस्लोमा जलि रहेका जहाज यात्रीहरुलाई हेरेर उनीहरुकोसकुसल उद्धार होस भनेर भगवान संग प्रार्थना गर्नुको बिकल्प रहेन ।
दुर्घटना स्थलमा उद्धार गर्नेले पनि सक्ने अवस्था पनि थिएन । आगो बलि नै रह्यो । आगो संगै मेरो मन पनि जलिरहेको आवास भयो ।त्यो कहालि लाग्दो दृश्य देख्दै गर्दा उनीहरुको उद्धार गर्न नसक्नुको पीडाले मन भारि भयो । चाडपर्वको बेला आफ्नो परिवार संग रमाउनेसमय आगोमा जलेर देह त्याग गर्नु पर्यो जहाज यात्रीहरुले । कस्तो बिडम्बना । आखाँमा .पिलपिल आँशु बग्यो । त्यो एक छिन त त्यहाँसबै तिर कालो बादलले ढाकेको जस्तो महसुस गरे । केहि देखिन । एकछिनमा आखाँ खोल्दा मान्छेको भिड बढि सकेको थियो । सबैलेत्यो कालो दिनलाई आफ्नो मोवाइलमा कैद गर्दे थिए ।
भिडमा भएका मानिसहरुले चाहेर पनि सहयोग गर्ने अवस्था थिएन । तर उनीहरुले उद्धारमा खटिएकालाई पनि अप्ठाएरो पर्ने गरिमोवाइल तेर्साउदा भने किन यस्तो असभ्य भएका छौ हामी भन्ने लाग्यो ।
त्यो भिडमा मलाई माननिय प्रतिनिधि सभा सदस्य भनेर कसैले चिनेन र मैले पनि चिनाउन आवश्यक ठानिन । सायद मलाई चिनेको भएत्यहाँ उद्धारमा खटिएकाहरुले मन लगाएर काम गर्थे कि भन्ने हो । तर उहाँहरुले सक्ने उद्धारको काममा खटिरहनु भएको थियो । केहिसमय पछि दुर्घटना स्थलका जाने बाटोमा अवरोध भएका पर्खालहरुलाई भत्काएर केमिकल लिएर आएको सवारी साधनले निभाउनेप्रयास गरे पछि मन अलि हल्का भयो । उक्त केमिकलको फोहोराले आगो केहि मत्थर भयो र उद्धारमा खटिएका प्रहरीहरु कसैलाईजिवित उद्धार गर्न सकिन्छ कि भनेर भीरको बाटो हुदै तल गएर हेर्ने कोशिस गरे तर कसैको जिवित उद्धार हुन सकेन ।
जिवितै उद्धार नभए पनि मृत शरिर ल्याउन आवश्यक सामाग्रीहरुको सामान्य प्लाष्टिकको झोला समेत थिएन । त्यही नजिकै वरपरछरिएर रहेको सिमेन्टको बोरा जहा नजिकै घर बन्दै गरेको थियो र दुई चारवटा स्टेचर कपडाका साधनबाट मृत शरिर निकालेको दृश्यटुलु टुलु हेर्दे बसे । त्यो देख्दा देशको उपल्लो निकाय प्रतिनिधि सभा सदस्य हँु भन्दा पनि लज्जा बोध भयो । त्यो दृश्य मेरो आखाँअहिले पनि झल्लझली आईरहेको छ । त्यो कालो बादल मानव जगतमा कसैलाई कहिले पनि नपरोस । त्यो नेपालको डोमिस्टिकजहाज दुर्घटनाको सबै भन्दा ठुलो मानविय क्षति थियो । जहाँ ७२ जनाले अन दि स्पट ज्यान गुमाउन पुग्यो ।
करिब दुई घण्टा त्यो नमिठो घटनाको साक्षी भएर भाई संगित श्रेष्ठ र त्यही भेटिनु भएका दिपक न्यौपाने संगै त्यहाँ बाट निसक्यौ । त्यतीबेला सम्म त्यहाँ भिड अत्याधिक भइ सकेको थियो । स्कुटरको पछाडी बसेर मन मनै मेरो देशमा यस्ता दुर्घटना हुदाँ आवश्यक पर्नेअत्यावश्यक सामाग्री अभाव हुदाँ मेरो मनमा धेरै प्रश्नहरुले घेरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.१४ का अध्यक्ष बोदराज कार्कीलाई पनि त्यहाँ आतिएको अवस्थामा देखेको थिए ।
नेपाली आकाशको त्यो कालो दृश्यलाई आखाँले कैद गर्दे पोखरा विज्ञान प्रतिष्ठान तिर आए ।
वरिपरि एम्बुलेन्सका साइरनहरु बजि रहको थिए । अस्पतालमा भित्र कोही जिवितै उद्धारको लागि ल्याछन कि भनेर हेरे तर कोही जिवितल्याएको छैन रहेछ । त्यस पछि मुर्दाघर तिर आफ्ना पाइला सारे त्यहाँ पनि मृतका आफन्त साथीभाईहरुको भिडभाड भइ सकेको थियो ।भिडमा रहेका सबै जना भावविहोल थिए । सबै जनाका आखाँमा आसु रसाएको प्रष्ट देख्न सकिन्थ्यो ।
दुर्घटनामा डाक्टर,इन्जिनियर,पत्रकार,पाइलट,बालबालिका लगायतका मानिसहरु परेका थिए । अस्पतालको त्यो परिसरमा रुवाबासीचलेको थियो । यो घटनाले सिङ्गो देशलाई ठुलो क्षति भयो । त्यो घटनाले मलाई धेरै ठुलो पाठ सिकायो पनि । नेपालमारोजगारी,शिक्षा स्वास्थ्यका कुराको मात्र अभाव हैन रैछ । हामीलाई आवश्यक पर्ने स साना कुराहरुको पनि धेरै आवश्यकता पुरा गर्न पर्नेरहेछ । यस्ता आवश्यकता पुरा गर्न जुन सुकै पार्टी दलको भए पनि एक भएर लाग्नु पर्ने देखियो । हामी नेता भयो भने ठुल्ठुला गफ चुट्छौतर साना साना कुराहरु हाम्रो देशमा अभाव रहेछ त्यता हाम्रो नजर नै गएको रहेनछ । अव सबै एक भएर बोल्नु पर्ने र गर्नु पर्ने आवश्यकतादेखियो । अबका दिनहरुमा त्यो कालो दिन कहिले नआवस । राजनिति पाटोमा भए पनि नभए पनि देश र समाज बनाउने मेरो इच्छानिरन्तर छ र रहने छ । २०७९ माघी संकान्तिको त्यो चाडवाड मनाउने त्यो मेरो र उनीहरु............को अधुरो नै रह्यो । सम्पुर्ण मृतआत्माको बैकुण्ठमा बास होस ।
प्रतिनिधि सभा सदस्य
शिव नेपाली - कास्कि क्षेत्र न.१
राष्ट्रिय स्वतन्त्र पार्टी