कुहाएरै फलफुल खाद्य वस्तु हुन्छ मदिरा उत्पादन पदार्थमा रहेका चिनी तत्व जडिबुटी मिश्रित रसायन
उत्पत्ति हो ईतिहासमा प्राचिन सुरुवात होईनन् नयाँ कुरा पाइन्छसर्वत्र चाडपर्वमा मदिरा होईन नभै नहुने कुरा
पापनै भन्नु भने मदिरा रस फलफूलको अन्नमा के छ र पिएरैसकिन्छ सम्पत्ति हो भने गरिवले मात्रै नहुने होर।।
अनियन्त्रित सेवनकर्ता छन समाजमा अति बढ्न थाले डिप्रेशन लत लागुऔषध हो मदिरा भनेकै छ विज्ञानले
गाली-गलौज कुटपिट लडाईं झगडा बढाउँछ गतिबिधि।अनियन्त्रित सेवकले मदिरा ठान्छन् तगडा जातिविधि
आवेग भावना उत्तेजना बढाउछ ह्रास हुन्छ देख्ने सुन्ने। अराजक अनैतिक गैरजिम्बेवार असभ्य झन पिएरै हुने
राम्रो नराम्रो बिचार गर्दछु भन्दै बस्नु भन्दा पनि मदिरा। रोजौ खोजौ प्यारो राम्रो अझ हाम्रो तोडि लतको जंजीर
पिएरै आनन्द लिई रहदाँ मदिरा छुट्दछ कयौं कुरा। भरिन्छ धोक्रो खोजेर ढुङ्गा मात्रै भन्दा छुट्न सक्छ हिरा
सन्जुबाबु पोख्रेल ,मध्यविन्दु ८ रानिटार