गजल - १
समय संगै दौडनुपर्ने करकाप कस्तो हो
गुमेपछि थाहा भयो पश्चाताप कस्तो हो
छोरो यतिसम्मको बिद्वान भईसके छ
आज बालाई सोध्यो औंठाछाप कस्तो हो
थोरै मौन बसे जस्तै थोरै हल्ला गरे जस्तै
यी आँखाहरूको वार्तालाप कस्तो हो
केही चक्कुहरू आए अगाडि उफ्रिएर गए
त्यसपछि बुझ्यो खुकुरीले दाप कस्तो हो
जो सुकैको अनुहार अँटाउन सक्ने रहेछ
यार तिम्रो त दिलको पनि नाप कस्तो हो
गजल - २
आफ्नै मान्छेलाई छोएर बतास आइपुग्यो
तिमि र तिमी आउनुको आभास आइपुग्यो
बन्द खाम भित्र खाली कागज लाग्ला तिमीलाई
त्यही खाम भित्र स्वयं इश्वर बदमाश आइपुग्यो
हिजो चिठी पठायो छोराले थोरै सगै सपना पनि
आज त्यही छोराको आगनमा लास आइपुग्यो
बिहान खाए बेलुकी के खाउ भन्नेका घरमा
उसैको घरमा सरकारको खोज तलास आइपुग्यो
नदेखिने माया देखाउ कसरी तिमीलाई प्रिय
बस तिम्रो यादको बाडुल्कि खास आइपुग्यो
सिन्धुली