मुक्तक - १
तिमी मया गर या तिरस्कार स्वीकार छ
तिमीलाई जिताउन सयौँ हार स्वीकार छ
ती ओठमा म सधैँ हाँसो देख्न पाउँछु भने
जीवनभर आँसुको उपहार स्वीकार छ ।
मुक्तक - २
हिरा चाहिँदैन प्रिय अहँ सुन चाहिँदैन
दिलले मागेको हो त्यो दिल खुन चाहिँदैन
किन गर्छौ तिमी सधैँ समयको कुरा मात्र
बर्सिन्छ हरपल प्यार मनसुन चाहिँदैन ।
मुक्तक - ३
म आधा ऊ पूरा कसरी हुन सक्छ
सोच्छु सबकुरा कसरी हुन सक्छ
काखमै राखी पार्यो मुटु छिया छिया
प्रेमीसँगै छुरा कसरी हुन सक्छ ?
मुक्तककार
टीका सापकोटा
कावासोती , नवलपुर