मुक्तक - १
अमृत हुनुपर्ने मान्छे नै यहाँ बिष भएपछि !
कपटी झुटा कूटनीति बुन्न खप्पिस भएपछि !
मेरो देशमा निर्धोले न्याय पाउँदै पाउँदैनन
सत्यनिष्ठा बेच्ने वकिल र न्यायधीश भएपछि !
मुक्तक - २
मुटु दुख्दा बरबर आँसु झर्छ पत्तो हुदैन !
नियतीले कति बेला के गर्छ पत्तो हुदैन !
पैशा संग रगत साट्ने परदेशी हौं हामि
कति बेला बाकसमा फर्किनु पर्छ पत्तो हुदैन !
मुक्तक - ३
यो जीन्दगिको नत बिश्वास नत भर लाग्छ !
त्यसैले मनभरी पिर चिन्ता अक्सर लाग्छ !
अस्ति अल्पायु मै पिताजीको निधन भएर
मलाई घाटहरु पनि भगवानको घर लाग्छ !
मुक्तक - ४
सायद हजार पन्ध्र सय गर्लान् अनौंठो नमान्नु !
दुष्ट पापीहरु जय-जय गर्लान् अनौंठो नमान्नु !
आजकल तपाई हामि बस्ने समाज स्वार्थी बन्दैछ
मलामीको ज्याला तय गर्लान् अनौंठो नमान्नु !
मुक्तक - ५
सुखहरु, दु:खको भेलमा, परेका छन यहाँ !
सपनाहरू, तातो तेलमा, परेका छन यहाँ !
जीन्दगीमा बाध्यताहरु अघिअघि सरेपछी
मेरा रहर~हरु ओझेलमा, परेका छन यहाँ !
वालिङ्ग -१४,स्याङ्जा
हाल:- दक्षिण कोरिया