बझाङ :
बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर१मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेस बाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका डम्बर सिंह वडाध्यक्षमा बिजयी भएका हुन् पुतली चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सिंह ले ३सय २मत प्राप्त गरि विजेता हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष अस्मिता सिंह ले १२८ मत पाए भने गठबन्धनतर्फबाट समाजबादि का साँझा अध्यक्ष देवि जुङ सिङ्ह ले २५० मत पाए ।