प्रिय धन , चोरमारा । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अहिले कोरोना संक्रमणमुक्त भएको छ । आज बिहान हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष डिस्चार्ज भएसँगै पालिकाभित्र अहिले सक्रिय संक्रमित संख्या शून्य भएको हो । अहिले निको भएका पुरुषको गत भाद्र ३ गते नतिजा पोजिटिभ आएको थियो ।
तत्पश्चात कन्ट्रयाक्ट ट्रेसिङ का आधारमा सङ्कलन गरिएका सबै ५७ स्वाबको नतिजा नेगेटिभ अर्थात् आएको थियो । ४२ बर्षीय पुरुष स्थानीय व्यापारी हुन् । पालिकामा हालसम्म भेटिएका ४२ संक्रमित निको भएर घर फर्किसकेका छन् । हिजो भदौ १७ गते सङ्कलित ४६ स्वाबको भने नतिजा आउन बाँकी रहेको स्वास्थ्य शाखा हुप्सेकोटका प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
हुप्सेकोट गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य