कावासोती ,नवलपुर । स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल कावासोतिको चुनावी रणनीतिक भेला हिजो सप्पन्न भएको छ। कावसोति आसपास रहेका लगभग सबै जसो युवाहरुको उपस्थित देख्दा कावासोती नगरपालिका तरुण दलमय भएको महसुस गर्न सकिन्थ्यो।
नेपाली काङ्ग्रेस आउदै गरेको स्थानीय तहको चुनावमा कसरी अगाडी बढ्ने,तरुण दलको वडा कार्यसमिति सक्रिय बनाउने,पार्टीका आधिकारिक उमेदवार हरुलाइ विजयी बनाउन के गर्ने भन्ने विषयमा छलफल गर्न आकस्मिक रुपमा भेला आयोजना गरिएको तरुण दल नगर सभापति मिनरासी गुरुङले जानकारी दिएका छन।भेलामा तरुण दललाइ वडा वडामा सक्रीय बनाउन आवस्यकता अनुसार नया नेतृत्व चयन गर्ने ,पुर्ण समिती रहेको ठाउमा उक्त समितिलाइ चलायमान गराएर प्रभावकारी परिचालन गर्ने तथा नगरको आसन्न निर्वाचनमा धेरै भन्दा धेरै उम्मेदवार युवाहरु उठाउन दवाब सिर्जना गर्ने बिषयमा समेत छ्लफल भएको थियो।
छोटो समयमा आयोजना गरिएको कार्यक्रममा पनि युवाहरुको उल्लेख्य उपस्थित रहेको थियो।भेलाले कावासोती नगर भित्र रहेका सम्पुर्ण युवाहरुलाइ एकताबद्द गर्दै हरेक वडा तथा कावासोती नगरपालिका प्रमुख तथा उपप्रमुख विजयी गराउन अत्यन्तै सक्रीय भएर लाग्ने निर्णय गरेको तरुण दल क्षेत्रीय सभापती राजन सुबेदिले बताए।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कावासोती नगर समितिका सह सचिब किरण भुर्तेलले अगिल्लो पटक सहि नेतृत्व चयन गर्न नसक्दा कावासोती नगरपालिका पछाडी परेको भन्दै अब सहि र सबल नेतृत्व चयनका लागि जुट्नु पर्ने धारणा राखेका थिए।कार्यक्रममा बोल्ने अधिकांश युवाहरुले अब युवाहरुको एकता र सुझबुझ आवश्यक रहेको र वडा वडामा तरुण युवाहरुले प्रभावकारी गैतिबिधी संचालन गर्दै नतिजा नेपाली काङ्ग्रेसको पक्षमा पार्न खट्नुपर्ने बेला आएको बताए।
चुनावको पुर्वसन्ध्यामा जाग्यो तरुण कावासोती ,निर्वाचन जिताउन सशक्त भएर लाग्ने