मर्चवार । नेपाल ब्राह्मण महासंघ रुपन्देहीको समन्वय तथा लुम्बिनी क्षेत्रीय ब्राह्मण कार्य समितिको आयोजनामा होलिमिलन तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । समाजमा पछी परेका तथा पारिएका त्यस्ता उत्पीडित समुदायको उत्थान गर्ने नारा लिएका लुम्बिनी क्षेत्रका ब्राह्मणहरुको क्षेत्रीय समितिको आयोजनामा लुम्बिनीको बुद्ध आदर्श मा बि. मा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लुम्बिनी क्षेत्रका लगभग ५० जना ब्राह्मणहरुको उपस्थिती रहेको सो कार्यक्रममा उपस्थित सम्पुर्ण ब्राह्मणहरुलाई अबिर लगाइ होलिको शुभकामना अदानप्रदान गरिएको हो । लुम्बिनी क्षेत्रीय कार्यसमितिका अध्यक्ष श्री अक्षयबरनाथ पान्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल ब्राह्मण महासंघ रुपन्देहीका अध्यक्ष शतिशचन्द्र मिश्राको प्रमुख आथित्यता तथा पुर्व सांसद बिनोद उपाध्याय, राजेश कुमार मिश्राको बिशिस्ट आथित्यता तथा प्रेम शुक्ला,शेषमणी त्रिपाठी ,मनोज मिश्रा,बिजय उपाध्याय,सिताराम तिवारी,गौतम पान्डे , गृजेश त्रिपाठी ,गोबिन्द उपाध्याय, हिना तिवारी, कुशुम मिश्रा,यशोमती उपाध्याय लगायतको आथित्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा यो ब्राह्मण संगठनले आउने दिनहरुमा लुम्बिनी क्षेत्रका ब्राह्मण तथा पिडित वर्गको लागि कार्य गर्ने र आवश्यक परेको खण्डमा हामी एकजुट भइ समस्या समाधान गर्ने र यस क्षेत्रीय समितिले होलिमिलन तथा अन्तर्कियाको आयोजन गरि एकजुट गराएको हुदा गौरवको कार्य गरेको भनी कार्यक्रमका प्रमुख अतिथी सतिशचन्द्र मिश्र मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रमका बिशिस्ट अतिथी एवम पुर्व सांसद बिनोद उपाध्यायले हामी अहिलेसम्म पनि पुर्ण रुपले संगठित न रहेको हुदा हामी सामाजिक तवरले सामाजिक उत्तरदायित्व बहन गर्न नसकेको साथै आउदो होलिको शुभकामना दिनुभएको उक्त कार्यक्रममा विभिन्न अतिथीहरुले आआफ्नो मन्तव्य तथा बिचार प्रकट गरेका थिए।
होलि मिलन तथा अन्तर्किया कार्यक्रम सम्पन्न