उर्मिला यादव यात्री, सुनवल । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ९ को २९ औ बार्षिक साधरण सभा मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीको अध्यक्षता तथा संविधान सभा सदस्य बिक्रम खनालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनालले बोल्दै सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथ साथै वित्तिय साक्षरता सञ्चालन गरि उद्यमशिल बनाउनु पर्नेमा जोड दिनु भएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहनुभएका नेता खनालले सहकारी संस्था आर्थिक रुपान्तरण गर्नका लागि मात्रै नभएर हाम्रो समाजमा भएका विविधतालाइ संरक्षण गर्दै समाजमा एकताबद्ध भएर अगाडि बढनका लागि सहकारी संस्थाको अत्यन्त ठुलो भुमिका रहेको बताउनु भएको छ । उहाले सहकारी चाहे शुद्ध नाफा रहित संघसंस्था हुन चाहे नाफा सहितका संघसंस्था हुन यस्ता संघसंस्थाहरु फस्टाएर प्रत्येक्ष जनता संग पुग्ने माध्यम लोकतन्त्रमा मात्र सुरक्षित हुने समेत बताउनु भयो । उहाले सामाजिक परिवर्तन ,सदभाव ,एकता र उत्पादनमुलुक काममा लागेर देशलाई आर्थिक रुपान्तरणका लागि साथ साथै लोकतन्त्रको रक्षाको लागि संस्थागत बिकास गर्नका लागि पनि सहकारीको अत्यन्त ठुलो भुमिका रहने कुरामा जोड दिनु भएको छ ।
त्यसैगरी नेफस्कुनका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपालले सहकारीका शेयर सदस्यहरुलाई आत्मनिर्भर र ससक्तिकरण गराउदै आर्थिक रुपान्तरणमा सहकारी अघि बढनु पर्नेमा जोड दिनु भएको थियो । उहांले प्रदेशका कतिपय सहकारीहरुमा कर्मचारीहरुले संस्थाको रकम हिनामिना गरेको गुनासो गर्दै नवलपरासीमा रहेको जनकल्याण सहकारीले गरेका काम र सेवा देख्दा आफु खुसि भएको बताउदै आउने दिनहरुमा यो भन्दा अझै प्रगति गरेको देख्न पाइयोस् भनेर शुभकामना समेत दिनु भएको थियो । यस्तैगरि कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीले संस्था स्थापनाको २९ औ बर्षमा आइपुग्दा सम्म पचास करोड भन्दा बढी कारोबार गरेको र करोडौं बढी आम्दानी गर्न सफल भएको बताउनु भएको छ । उहाले ५ हजार नौ सय ७१ जना शेयर सदस्य रहेको यस संस्थामा कुल शेयर पुजी ४ करोड ४७ लाख ,कुल बचत रकम ३९ करोड ,कुल ऋण लगानी ४० करोड , कोषमा रहेको कुल रकम ४ करोड ७५ लाख साथै संस्थाको पुजि तथा दायित्व ५० करोड रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका सचिब दिपक थापा क्षेत्रीले संचालक समितिले गरेको निणय र प्रस्ताबित निति तथा कार्यक्रमहरुको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष योगेन्द्र भट्टराईले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा यस इ इ परिक्षामा उत्कृष्ट अङ्क ल्याइ उत्कृष्ट बिद्यार्थी सनिप थापा, अनुपमा भट्टराई, राजिव खनाल र रक्षा घिमिरेलाइ सम्मान गरिएको थियो भने उत्कृष्ट ज्येष्ठ नागरिक सदस्यमा ईश्वरि प्रसाद सुबेदि र टप कुमारी खड्का, उत्कृष्ट सञ्चालक मनमाया सुबेदि, उत्कृष्ट कर्मचारी यमलाल खरेल, उत्कृष्ट सुझाव कर्ता रुद्र प्रसाद भण्डारी, उत्कृष्ट ऋणि कान्तालाल महत्तो, उत्कृष्ट शेयर सदस्य वृद्धि कर्ता चन्द्रकला पन्जियार र उत्कृष्ट बचतकर्ता अन्जना कुमारी चौधरीलाई सम्मान समेत गरीएको थियो । कार्यक्रममा संस्थाको उपाध्यक्ष मनमाया सुबेदिको स्वागत मन्तव्य रहेको कार्यक्रममा गरिमा बिकास बैंक लिमिटेड बर्दघाटका शाखा प्रबन्धक हिरामणि पराजुली , कामना सेवा बिकास बैक बासाबसहि का शाखा प्रबन्धक सुशीला शर्मा, नेपाल रेडक्रस सोसाइटी पन्चनगर उप शाखाकि बिजुला जोशि, नेपाल भुत पुर्ब बचत तथा ऋण सहकारि संस्था लिमिटेडका अध्यक्ष पदम बहादुर खत्री , पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यम बहादुर छेत्री ,नेपाल पत्रकार महा संघ पश्चिम् नवलपरासीका अध्यक्ष हरि शर्मा ,जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीका उपाध्यक्ष बृहस्पति अधिकारि लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको संचालन संस्थाका सचिव दिपक क्षेत्रीले गर्नु भएको थियो ।
जनकल्याण साकोसको २९ औ बार्षिक साधरण सभा सम्पन्न