काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको सह संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईँ रहेका छन् भने सदस्यमा पेम्बा तामाङ, टोप बहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मा लगायत रहेका छन् ।