१० चैत, बाँके । “समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ चैत १२ गतेदेखि चैत २२ गतेसम्म सन्चालन हुन लागेको तेस्रो नेपालगन्ज महोत्सवको सचिवालय महोत्सव स्थलमै स्थापना गरिएको छ ।
ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुद अनुसार मेलाको विषयमा कुनै पनि जानकारी लिन वा गराउन सहज होस भन्ने उद्देश्यले महोत्सव स्थलमै सचिवालयको स्थापना गरिएको हो ।
उनका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा छ । आज महोत्सवको मेन गेट बनाउने देखि लिएर सजावट र फिनिसिङको कार्य सुरु गरिनेछ । महोत्सवमा स्टल बुकिङका लागि आज र भोलि सम्म सचिवालयमा सम्पर्क गरिसक्नुपर्ने छ ।