पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा कूल ३९ नाटक सहभागी भएका छन् । गण्डकी प्रदेशका १० जिल्लाबाट ३९ नाटक सहभागी भएका हुन् । मनाङ जिल्लाबाट भने सहभागिता भएको छैन । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा थिएटरले आयोजना गरेको हो ।
सहभागी भएका नाटकमा पञ्चमुनिदेव माध्यामिक विद्यालयय तनहुँको ‘पर्दाभित्रको सत्य’ रहेको छ । यसको लेखन तथा निर्देशन टुकादेवी पौडेल आचार्यले गर्नुभएको छ । डायमण्ड माध्यामिक विद्यालय, कास्कीको ‘छैंटौ परीक्षा’ नाटक अनिल गुरुङ लेखन निर्देशनमा तयार भएको छ ।चुणामणि पुलामीको निर्देशन र लीलाबहादुर भण्डारीको लेखनमा कुमारी प्राथमिक विद्यालय, नवलपुरको ‘अवसर’ नाटक अर्को सहभागी नाटक हो । यमप्रसाद सापकोटाको निर्देशनमा ‘चम्पाको शाहस क’ नाटक सहभागी भएको छ ।
चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालय, तनहुँले तयार पारेको यो नाटक लक्ष्मी पौडेलले लेख्नुभएको हो । चन्द्र कला परियारले लेखेको र विश्वराज गुरुङको निर्देशनमा ‘लागू पदार्थ दुव्र्यसन तथा सामाजिक विकृति’ नाटक रहेको छ । यो नाटक जनविकास माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । अमर नेपालीको निर्देशन र लेखनमा बाल मन्दिर माध्यामिक विद्यालय, गोरखाले ‘सीमा विवाद’ नाटकलाई महोत्सवमा प्रतिस्पर्धाको लागि पठाएको छ ।
पोखरा चिसाखोला वेद विद्याश्रम, कास्कीको ‘सरकारी कोटा’ नाटक महोत्सवमा सहभागी अर्को नाटक हो । यो नाटक सुशील बरालको लेखन निर्देशनमा तयार भएको हो ।अशोक मल्लको लेखन र विनोद खनालको निर्देशनमा सरस्वती माध्यामिक विद्यालय, स्याङ्जाले ‘गंगारामको न्याय’ नाटक तयार पारेको छ ।युनिभर्सल एकेडेमी, लमजुङले सहभागी गराएको ‘करुणा’ नाटकलाई कशीस वाग्लेले लेख्नुभएको हो भनेसंजोग लामिछानेले निर्देशन गर्नभएको छ ।
ज्योति कुँवरको लेखन र प्रतीक्षा मगरको निर्देशनमा ‘एउटा सानो गाउँमा कोभिडको कथा’ नाटक महोत्सवमा सहभागी भएको छ । यो नाटक महालक्ष्मी माध्यामिक विद्यालय, गोरखाले तयार पारेको हो । ‘देशको माया’ नाटकलाई सिद्धेश्वरी माध्यामिक विद्यालय, तनहुँले पठाएको छ । यो नाटक मूर्तिकला उपरकोटी लेखन र पदमराज पौडेलको निर्देशनमा बनेको हो ।भू.पू लोटस मन्टेश्वरी स्कूल, लमजुङले ‘सफलताको कथा’ नाटक निर्माण गरेको छ ।
यो नाटक अमृता थापाले लेख्नुभएको हो भने अन्जय गुरुङले निर्देशनको जिम्मेवारी पूरा गर्नु भएको छ ।‘भावना’ नाटक नेशनल क्रियशन एकेडेमी, कास्कीले तयार पारेको नाटक हो । यो नाटकको लेखन सन्दिप ठाकुर र विशान उदासले गर्नुभएको छ ।‘हराएको मोबाइल’ नाटक अर्को सहभागी नाटक हो । पीताम्बर माध्यामिक विद्यालय,स्याङ्जाले तयार पारेको यो नाटक पराजित रेशम गोतामेले लेख्नुभएको हो । निर्देशकको भूमिका चित्र थापाले निभाउनु भएको छ ।
‘आमाबाबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालय, म्याग्दीले सहाभागी गराएको नाटक हो । यसको लेखक प्रिदीता बरुवाल हनुहुन्छ । नाटकलाई सरोज लकान्द्री र सतीया जिसीले संयुक्त रुपमा निर्देशन गर्नुभएको छ ।‘दवाबित मैत्री शिक्षा’ पोखरा चिसाखोला वेद विद्याश्रमले तयार पारेको अर्को नाटक हो । यसको लेखन तथा निर्देशन अमृत घिमिरेले गर्नुभएको हो ।
कालीगण्डकी आवासीय माध्यामिक विद्यालय, बाग्लुङबाट ‘चेलिबेटी बेचबिखन’ नाटक सहभागी भएको छ । यो नाटकको लेखन जीवननाथ शर्मा र निर्देशन सुरेन्द्र शाक्यले गर्नुभएको हो । ‘होस्टेल जान्न’ नाटक पृथ्वी माध्यमिक विद्यालय, नवलपुरले तयार पारेको हो । संगम भुसालले लेखको यो नाटक समिर तिवारीले निर्देशनको जिम्मा पाउनुभएको छ । न्यु मोडेल आवासीय माध्यामिक विद्यालय, कास्कीले ‘षडयन्त्रको घेरामा बुढीआमा’ नाटक सहभागी गराएको छ । यो नाटक गोकुल नेपालीले लेख्नुभएको हो ।
नाटकको निर्देशक सुनिता पौडेल हुनुहुन्छ ।‘दुव्र्यसनिबाट बचौ र मोबाइलको सही प्रयोग गरौं’ नाटक नजवाल माध्यामिक विद्यालय, मुस्ताङले तयार पारेको छ । वीरेन्द्र परियारले लेखेको यो नाटक विजय शारा र सवीन विलास पन्तले निर्देशन गर्नुभएको हो । यसैगरी जनहित माध्यामिक विद्यालय,स्याङ्जाले भीमनिधि तिवारीको लेखन र वसन्त खनालको निर्देशनमा नाटक ‘टीका’ तयार गरेर महोत्सवमा सहभागी गराएको छ ।
‘मोबाइलको प्रयोग’ ग्यालेक्सी इङ्गलिस बोडिङ्ग स्कूल, नवलपुरले तयार पारेको नाटक हो । गोमा बास्ताकोटीले लेखेको यो नाटकलाई कोपिला भण्डारीले निर्देशन गर्नुभएको छ ।‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक गौरभ सापकोटाको लेखन तथा निर्देशनमा सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको छ ।‘दि सोसियल साइकोलोजी अफ डिस्क्रिमिनेसन’ उर्जा बरालको लेखन निर्देशनमा निश्पक्ष माध्यामिक विद्यालय,कास्कीले सहभागी गराएको नाटक हो ।
बालबालिकाको सुनौलो भविष्यमा अभिभावकको भूमिका’ नाटक भू.पू सैनिक आवसीय माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । विनोद गुरुङले निर्देशन गरेको यो नाटक मन माया गुरुङले लेख्नुभएको हो ।सुवेश वि.क.को लेखन तथा निर्देशनमा ‘लव टु चायल्ड’ नाटक योगेन्द्र माध्यामिक विद्यालय, मुस्ताङले सहभागी गराएको नाटक हो ।
‘अभाव’ नाटक न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतले तयार पारेको छ । मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा यो नाटक तयार भएको हो । संगम लामिछानेको लेखन निर्देशनमा जनप्रीय माध्यामिक विद्यालय, कास्कीले ‘लगानी’ तयार पारेको छ ।‘मुटुमा कोरिएको भूत’ गण्डकी बोर्डिङ स्कूलले तयार पारेको नाटक हो । समन गुरुङ र मान्यता गौतमले लेखेको यो नाटकको निर्देशन समन गुरुङले गर्नुभएको हो ।
‘नलेखिएको अक्षर’ फलेनी माध्यामिक विद्यालय, लमजुङबाट सहभागी भएको नाटक हो । केदार बोहराको निर्देशन र रामजि कुमार श्रेष्ठको निर्देशनमा नाटक बनेको छ ।‘नदेखिएको चित्र’ अमर इङ्गलिस स्कूल, नवलपुरबाट सहभागी नाटक हो । यो नाटकको लेखन निर्देशन अर्जुन कंडेलले गर्नुभएको छ ।‘जातीय हिंसा अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं’ अमर माध्यामिक विद्यालय, लमजुङको नाटक हो ।‘मणिरामको सारंगी र बिसे नगर्चीको नगरा’ नाटक शक्ति माध्यामिक विद्यालय, गोरखाले तयार पारेको हो । यसको लेखन तथा निर्देशन सुरेन्द्र देवकोटाले गर्नुभएको छ ।
भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्की ‘न्यायको खोजी’ नाटक महोत्सवमा सहभागी बनेको छ । यो नाटक अनुषा परियारको लेखन र आश्मा भुजेलको निर्देशनमा तयार भएको हो ।बाराही माध्यामिक विद्यालय कास्कीबाट रन्जु दाहालको लेखन निर्देशनको नाटक सहभागी भएको छ ।तुलसा भट्टराईको लेखन निर्देशनमा ‘लत’ नाटकलाई प्रतिभा माध्यामिक विद्यालय, कास्कीले सहभागी गराएको छ ।
एस.ओ.एस हर्मन माइनर स्कूल, कास्कीको नाटक ‘गोल’ महोत्सवमा सहभागी अर्को नाटक हो । धर्मस्थली आधारभूत विद्यालय, कास्कीबाट सुनिता ज्ञवालीको लेखन निर्देशनमा ‘सचेतना’ नाटक तयार भएको छ । र ‘आफूलाई परेको समस्या’ निर्मल माध्यामिक विद्यालय तनहुँको नाटक हो । यो नाटकको लेखन निर्देशन कल्पना परियारले गर्नुभएको छ । सहभागी भएका नाटक मध्येबाट उत्कृष्ट ४ छनोट गरिने महोत्सव र्निेशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।
‘पहिलो चरणमा आयोजकले भिडियो तथा सहभागीको प्राविधिक पक्षको अध्ययन गर्नेछ । दोस्रो चरणमा निर्णायकले नाटक हेर्नुहुनेछ । अनि यही महिना भित्र नतिजा सार्वजनिक गर्ने तयारी छ’ परिवर्तनले भन्नुभयो ।सहभागी नाटक मध्ये उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने छ । उत्कृष्ट ४ मा पर्न सफल नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमासमेत राखिनेछ ।उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।
जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ । उत्कृष्ट नाटक छनोटका लागि केही नियम आयोजकले बनाएका छन् । उत्कृष्ट ४ मा परेका नाटकलाई एक विशेष समारोहको विचमा पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन गर्ने व्यवस्था गरिने पोखरा थिएटरका सञ्चालक मध्येका एक दीलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चिस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो । गत वर्षदेखि पोखरा थिएटरले विद्यालयस्तचरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिकास्तरीय थियो ।
गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेश स्तरिय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ । विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तर सञ्चालन गर्ने पोखरा थिएटरले योजना बनाएको छ ।