नारायण प्रभु माघ-१० नवलपुर । पुर्वी नवलपरासीको कावासोतीमा बिगत २ दिन देखि हिन्दु धर्मको महत्त्वको बारेमा जागरण अभियान शुरु गरिएको छ।पछिल्लो समय क्रीस्चियनहरुले विभिन्न प्रलोभनमा फसाएर हिन्दुहरुलाई धर्म परिवर्तन गर्न बाध्य पारेको हुँदा यस्ता कार्यहरु रोक्न टोलटोलमा धार्मिक जागरण अभियान शुरु गरिएको अभियानका एक सदस्य रामहरि सापकोटाले जानकारी गराएका छन। कावासोतीमा एक हप्ता सम्म संचालन गरिने अभियान अहिले सम्म कावासोतीका वडा नं. १ र ८ मा सन्चालन भैसकेको छ भने भोली देखि अन्य वडामा पनि निरन्तरता दिने सापकोटाले बताएका छन। अभियानमा प्रमुख बक्ताको रुपमा युवा हिन्दु अभियन्ता अभिषेक जोशी रहनु भएको छ।पछिल्लो समय सामाजिक संजालमा चर्चित रहेका जोशीले धार्मिक बहस गर्दै आइरहनुभएको छ।हिन्दुधर्मावलम्बिले आफ्नो धर्मशास्त्रको महत्त्व नबुझेसम्म आफ्नै धर्मप्रति विश्वास गर्न नसकेर धर्म परिवर्तन गर्न उद्दत रहेको हुदा धर्मको सार बुझाउन अभियान शुरु गरिएको जोशीले बताउनु भएको छ। कार्यक्रममा उपस्थित भएका सबैलाई एक घर एक गिता भन्ने मुल उद्देश्यले श्रीमद्भागवत गिताको पुस्तक नि:शुल्क वितरण गरिएको थियो। यो अभियानलाई देशैभरी संचालन गरिने अभियन्ता जोशीको भनाई रहेको छ।
हिन्दु धर्म रक्षाका लागि कावासोतीका टोलटोलमा गिता बाडिदै