नवलपुरः
कावासोतीको डण्डामा जिल्लाभरिका साना किसान कृषि सहकारी संस्थाका समिति तथा कर्मचारीका लागि १ दिने नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । शनिवार डण्डा स्थित अग्यौली सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था अग्यौलीका अध्यक्ष हरिवहादुर बस्नेतको अध्यक्षतामा तालिम भएको हो ।
दुम्किवासदेखि गैंडाकोटसम्मका १० वटा सहकारीका सञ्चालक समितिका पदाधिकारी–सदस्य, लेखा उप–उपसमिति संयोजक–सदस्य र कर्मचारी समेतको सहभागिता रहेको तालिममा प्रशिक्षकद्धय ताराप्रसाद गिरी र गुँरास वनले सहजीकरण गरेका थिए ।
तालिममा साना किसान कृषि सहकारी संस्था कुमारवर्तीका अध्यक्ष एवं नेपाल केन्द्रिय कृषि सहकारी संघका सञ्चालक देवकीकुमारी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।