१० पुस, काठमाडौँ । प्रधानमन्त्री केपी ओली शर्माले गरेको सांसद विघटन कदम विरुद्धका सबै तेह्रवटै रिट निवेदनको संवैधानिक सुनुवाइ इजलासमा आज सुरू हुँदैछ ।
यसअघि बुधबार रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । बहसपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मात्रै भएकाले त्यसबारेको ब्याख्या संवैधानिक इजलासले गर्ने बताएका थिए ।
बुधबार रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अरू पनि भएकाले संवैधानिक इजलासमा हेर्ने भन्दै अन्तरिम आदेश दिएको थिएन ।