नवलपुर । नवलपुरका ५ जना सहित गण्डकी प्रदेशमा थप १२४ जनामा कोरोना संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि पोखरामामा गरिएको परिक्षमा आज थप १२४ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको हो ।
प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार नवलपुरमा ५ जनामा र कास्किमा मात्रै ८२ जना संक्रमित भेटिएका छन्। त्यस्तै अन्य थपिएका संक्रमितमा स्याङ्जाका ०६ जना, तनहुँका ११ जना, गोरखाका १७ जना र लमजुङ ०३ जना रहेका छन्।
संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।
नवलपुरका ५ जना सहित गण्डकी प्रदेशमा थप १२४ जनामा कोरोना संक्रमण