-पार्वति पाण्डे
कावासोति । पुर्वि नवलपरासीको सदरमुकाम कावासोतिको फोहर निषेधित क्षेत्रहरु फोहोरको डङ्गुरका कारण दिनाहुँ दुर्गन्धित बन्दैँ गएका छन् ।
नवलपुरको नमुना सदरमुकाम कावासोतिका सार्वजनिक क्षेत्रहरुका फोहरको उचित ब्यवस्थापन नहुदाँ दिनप्रति दुषित वन्दै गरेका छन् । महेन्द्र राजमार्ग हुदै यात्रा गर्दै गर्दा कावासोतिको सुवात हुने सिमा क्षेत्रदेखि नै यात्रा गर्दा मानिसहरु दुर्गन्धका कारण मुख छोपेर हिड्न बाध्य भएका छन् । कोभिड १९ को सङक्रमणको बेला जोखिम अझ फैलाउने स्रोत यस्तै गल्लीहरु बनि रहेको छन् । कोरोना जस्तै दुगन्धित फोहरका कारण मानिसहरुको स्वास्थ्यको जोखिम बढ्दै गर्दा पनि हाम्रो नगरपालिकाको ध्यान अझै फोेहर ब्यवस्थापनमा पुग्न सकेको छैन ।
फोहर ब्यवस्थापन कार्य गर्न भन्नि बितिकै नहुने र ब्यवस्थापन गर्न समय लाग्ने नगरप्रमुख चन्द्र कुमारी पुनले बताइन् ।
मैले म आएकै दिनदेखि सबै भन्दा पहिला यो दुर्गन्धित फोहर ब्यवस्थापन गर्नु पर्यो यस्ले सबैको स्वास्थ्यलाई कारोनाले जसरी भयबित गराएको छ त्यसैगरी असर पारिरहेको छ भनी धेरै पटक कुरा राखदाँ पनि फोहर ब्यवस्थापन कार्यमा नगरपालिकाले ढिलासुस्ती गरेको र अव आदेश पत्र काटेर नगरपालिकालाई फोहर ब्यवस्थापन गर्न लगाउने नवलपुरकि सिडियो मनमाया पङगेनीले बताइन् । फोहर जथाभावी फालेर वातावरण प्रदुषित गराउने जस्ता क्रियाकलाप गरेमा उक्त ब्यक्तिहरुका लागि कारबाहीको ब्यवस्थाको निति नियम बनाउने र आमजनसमुदायमा फोहर जथाभावी फाल्दा उनीहरुको स्वास्थ्यमा पर्न गएको असरवारे माइकिङ गर्ने जस्ता क्रियाकलाप ब्यवस्थित ढंगले गर्नु पर्ने पङगेनीले बताइन् ।
फोहर ब्यवस्थापनमा कावासोति नगरपालिकाको लापरवाहि