पार्वति पाण्डे ।
कावासोति । पुर्वि नवलपुर कावासोति नगरपालिकाको वडा नं ०२ वेलचोकमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको गण्डकि प्रदेश माननिय सभासद रोशन बहादुर गाहाद्धारा कार्यक्रमको उद्घाटन सम्पन्न गरिएको छ ।
सरकारले ल्याएको एक वडा एक आधारभुत स्वास्थय सेवा केन्द्र भन्ने धारणलाई मध्यनजर गर्दै नगरपालिकाको सहयोग र नवदुर्गा आमा समुहले यो सेवा केन्द्र सञ्चालन गर्नाका लागि भवन प्रदान गरेकोले यो आधारभुत स्वास्थ्य सेवा केन्दको स्थापना सञ्चालनमा ल्याउन सकिएको वडा अध्यक्ष पौडेलले बताए ।
यहाँदेखि नेपाल सरकारद्धारा प्रदान गरिने निशुल्क सेवा सुविधाहरु प्रदान गरिने पौडेलले बताए । उनले अघिल्लो दुई वर्षदेखि भवन र कर्मचारीहरुको अभावका कारण यो सेवा सञ्चालनमा ल्याउन नसकेको वताए ।
उक्त कार्यक्रममा नगर प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आथित्यता पूर्व खानिपानी अध्यक्ष बिष्णु प्रसाद भुसाल, टोल बिकास संस्थाका अध्यक्षहरु, बिद्यालयहरुको अध्यक्ष, सहकारी संधसांस्था साथै सम्पर्ण बिकास प्रेमिहरु सहयोगको उपस्थिति रहेको थियो । वडा नं २का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।