अमृत भट्टराई / पर्वत ।
पर्वतको विहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय युवा संघ नेपालले संगठन विस्तार सँगै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उमेश गिरी ( बाले) को अध्यक्ष्ातामा भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रदेश सदस्य राम बहादुर गिरिको प्रमुख अतिथिमा सञ्चालन भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य ऋषि भुसाल विशिष्ट अतिथि रहनु भएको थियो भने नेकपा बर्राचौरका अध्यक्ष सोमथान पौडेल ,बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष एवम् नेकपा का नेता ओम प्रसाद कुँवर, युवा संघ बिहादीका युवा नेता विशाल पौडेल लगायतका नेताहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अटलले गर्नुभएको र कार्यक्रमको सञ्चालन युवा संघ विहादीका युवा नेता कुलबहादुर हिताङ ले गरेका थिए । भेलाले बर्राचौेरमा राजेश परियारको संयोजकत्वमा २७ सदस्य राष्ट्रिय युवा संघ बर्राचौरको गठन भएको छ ।