कावासोती,नवलपुर।नवलपुरको कावासोतीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्थानिय रेडियो तथा पत्रीका संचालक एकजना पत्रकारलाइ कोरोना देखिएपछि कन्ट्रायाक्ट ट्रेसिङका आधारमा उनीसङ्ग नजिक रहेका उनका आफन्त ,साथिभाइ र पत्रकारहरुको स्वाव संकलनका गरि परिक्षणको लागि पठाइएको थियो।संकलित स्वावको रिपोर्ट आउने क्रम सुरु भएको छ।आज बिहानै उनकै घरका दुई जनामा संक्रमण देखिएको नगरपालिकाले पुष्टि गरेको थियो भने पछि थप एक जना अनलाइन संचालक पत्रकारलाई समेत कोरोना पुष्टि भएको स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ। हाल उनलाइ पनि नवलपुरको अस्थायी कोरोना हस्पिटल प्राकृतिक चिकित्सालय रजहर लगिसकेको स्वास्थ शाखा प्रमुख नागिलाले जानकारी दिए।कावासोती नगरपालिकामा यो सङ्गै हालसम्म ५७ जना संक्रमित भएका छन जस्मा ५२ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने ५ जना उपचाररत रहेका छन।
कावासोतिमा थप एक पत्रकार कोरोना संक्रमित ,नगरपालिकामा सक्रिय संक्रमितको संख्या ५