कावासोती , कोभिड- १९ का बिरामिलाइ प्लाज्मा थेरापिको मध्यमबाट उपचार गर्न आवश्यक प्लाज्माका लागि नवलपुरको कावसोतिमा रक्तदान कार्यक्रम हुने भयको छ। नेपाली काङ्ग्रेस नवलपुर कोभिड-१९ अनुगमन समिति द्वारा यहि असोज १९ गते सोमबारका दिन कोभिड-१९ संक्रमणबाट मुक्त भएका ब्यक्तिहरुलाइ रक्तदान गराएर उनिहरुको रगत बाट प्लाज्मा निकालि सन्क्रमितको उपचार गर्ने बिधि मर्फत उपचार गर्न सहज होस भन्दै उक्त कार्यक्रम आयोजना गरिएको नेपालि काङ्ग्रेस नवलपुर कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङले जानकारि दिएका छन ।
साथै कोभिड-१९ संक्रमण बाट मुक्त भएको १४ दिन कटेका १८ देखि ५० बर्ष सम्मका इक्छुक रक्तदातालाइ रक्तदान गर्न संयोजक गुरुङले आव्हान गरेका छन । रक्तदान गर्न इक्छुक रक्तदातालाइ सुरज गुरुङ (९८५१०३६१२३) ,रमेश बस्ताकोटि (९८५७०४०३१९) ,भरत पोख्रेल (९८५७०२८६०३) र करुणसागर सुबेदि (९८५५०६३०९०) लाइ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। साथै रक्तदान गर्ने ब्यक्तिलाइ कावासोति सम्म ल्याउने र लैजाने ब्यवस्था भएको आयोजकले जनाएको छ।
प्लाज्मा थेरापिका लागि लक्षित गर्दै रक्तदान हुने