देवचुली कलेजका प्रमुख राजन गौतमले आफ्नो जन्मदिनको अवसरमा एक अनाथ विद्यार्थीलाई ९ र १० सिभिल इन्जिनियरिङ पढाउने जिम्मा लिएका छन्। देवचुली कलेजका प्रमुख साथै रजहर जेसिजका अध्यक्ष समेत रहेका गौतमले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालकलाई पढाउने घोषणा गरेका हुन् । गौतमले देवचुली वडा नं १६ बाह्रकोल बस्ने बर्ष १४ का रमेश माकिमको अभिभावकत्व ग्रहण गरेका हुन्। उनले बालकलाई देवचुली नगरपालिका अन्र्तगत रजहरमा रहेको देवचुली माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ को कक्षा ९ मा भर्ना गराएका छन्। बालकको कक्षा ९ र १० सम्मको सम्पूर्ण पढाई खर्च आफूले व्यहोर्ने गौतमको भनाई रहेको छ । अभिभावकत्व ग्रहण गर्दै पढाई खर्च व्यहोर्ने भनेपछि बालक खुसी भएका छन । रमेश माकिम देवचुली वडा नं १६ बार्हकोल मा अवस्थित प्रभात जनता निम्न माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका हुन् । उनी एक बर्षको नहुँदै बाबुको मृत्यु भएको र बाबुको मृत्यु प्रस्चात आमाले अर्को घरजम गरी बसेपछि उनी अहिले आफ्नै फुपुसँगै बस्दै आएको रमेशले बताएका छन् ।
जन्मदिनको अवसरमा गौतमद्वारा अनाथ विद्यार्थीको अभिभावकत्व ग्रहण