रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १२ मा बाल अपाङ्गता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्र सक्षम परियोजना रुपन्देहीको आयोजना तथा सि.वि.एमको आर्थिक सहयोग र तिलोत्तमा नगरपालिका वडा नं १२ को समन्वयमा सोही वडाका वडा स्तरिय बाल क्लबका सदयहरुका लागि बाल अपाङ्गता व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सरस्वती आधारभुत विद्यालय तिलोत्तमामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्रको जानकारी, बाल अधिकार, अपाङ्गता बाल अधिकार साथै अपाङ्गता भएका बालबालिकाको समावेशि विकासको बारेमा सक्षम परियोजनाका समुदायमा आधारित समाबेशी विकासका बारेमा शाखाका सुपरभाईजर दिप न्यौपानेले पशिक्षण गर्नु भएको थियो भने अपाङ्गता भनेको के हो, यसको कारण, रोकथामका उपाय, अपाङ्गता परिचय पत्रको महत्व र अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले दिने सेवा सुविधाको वारेमा सोही परियोजनाका पुर्नस्थापन सहायक सन्जु शाहीले प्रशिक्षण गर्नुभएको थियो ।
२३ जना सहभागी रहेको उक्त कार्यक्रममा वडा नं १२ का वडा सदस्य हरी प्रसाद गौतमले अपाङ्गता सम्बन्धि कार्यक्रम पहिलो पटक भएको तर अति महत्वपुर्ण कार्यक्रम रहेको बताउनु भयो । आफ्नो वडामा अपाङ्गताको विषयमा विशेष ध्यान दिने र आफ्नो तर्फबाट सधै सहयोग गर्ने बताउनुभयो ।
साथै बाल क्लबका पुर्व अध्यक्ष मदन खत्रीले बाल क्लबमा अपाङ्गता भएका बालबालिकालाई समावेश गराउने, उपचार हुने बालबालिकालाई सम्बन्धित अस्पतालमा प्रेषण गर्ने, अपाङ्गता बाल अधिकार र समावेशी विकासका बारेमा गाँउघरमा जनचेतना फैलाउने प्रतिबद्धता राख्नुभएको थियो ।