अमृत भट्टराई / बिहादी,पर्वत । लगातारको बर्षाले गुल्मीको शान्तिपुर फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ फोक्सिङ्ग र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजार सम्मको सडक अबिर बर्षाले अवरुद्घ भएको छ । लगातार तिन दिनदेखिको भारी बर्षाले फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध भएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थमन सिङ आले जानकारी दिए । आले दिएको जानकारीअनुसार उक्त सडकको विभिन्न ठाउँमा ठुलो पहिरो र कतै सडक नै पहिरोले भत्काएको छ ।यो सडक हुदै पुर्तिघाट शान्तिपुर चल्लने सवारीसाधन पनि विभिन्न ठाउँमा सडक अबरुद्ध हुदा चल्न सकेको छैन । एता कालीगण्डकी करिडोर गुल्मीको रुद्रवेणी हर्मिचौर सडक खण्ड पनि बर्षाका कारण अबरुद्ध रहेकोे छ । यदिबेला गुल्मीका दर्जनभन्दा बढी सडक कच्ची भएको र इन्जिनियर बीन नै निर्माण गरेको कारण पहिरो जाने र विभिन्न बस्तीनै जोखिममा रहेको देखिएको छ ।
पहिरोले गुल्मीको शान्तिपुर -फोक्सिङ्ग -पुर्तिघाट सडक खण्ड अबरुद्ध