दुई जना माथी आवश्यक अनुसन्धान सुरु बाँके,असोज ७ । नेपालमा निषेधित अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थ सहित २ जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । लागु औषध सहित पर्नेहरुमा नेपालगन्ज १८ लग्दहवाका ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको छन । बाँके प्रहरीले २८ सि.सी. कोरेक्स, ५ पोका सुपर पावर सुर्ति जन्यपदार्थ र ५ पोका बिडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । प्रहरीले ती दुबै जना बिरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लागू पदार्थ सहित नेपालगन्जका २ जना प्रहरीको नियन्त्रणमा