५ असोज, बाँके । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । नेपालगन्ज कारागारमा रहेका सुर्खेतको गुर्भाकोट ४ सहारे घर भएका ५८ बर्षिय पुरुष कोरोना संक्रमित कैदिबन्दिको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो । ती कैदीबन्दीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ती व्यक्ति कर्तव्य ज्यान मुद्दामा कैदिबन्दी थिए । दमको विरामी रहेकाले श्वासप्रश्वासमा समस्या देखिए पछी थप उपचारका लागी सुर्खेतको कारागारबाट नेपालगन्ज कारागारमा पठाइएको थियो । कोरोना संक्रमणको आशंकामा गत भदौ २१ गते उनको स्वाव लिइएकोमा सोही दिन कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि लगत्तै उनलाई २२ गते भेरी अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको हो । उनको बिहान ६:२५ मा मृत्यु भएको DCCMC / भेरी अस्पताल बाँकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यो संगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
बाँकेमा उपचाररत कोरोना संक्रमित कैदीबन्दीको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो