भाद्र ३०, २०७७,नारायण शर्मा ,नवलपुर — प्रहरीले हत्या आरोपमा घटनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको हत्या गरेकी हुन् । १४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् । सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको छ ।
तपाईँलाई मन पर्न सक्छ
समाचार
मतदातासँग घर्तिको प्रतिज्ञा: आलोक चक्रपथ निर्माण अब प्राथमिकतामा
समाचार
एनआरएनए जापानको केन्द्रिय उपाध्यक्षमा सुवेदीको उम्मेद्बारी
समाचार
नेपालका सात युवा भारतको हेरिटेज युथ फेस्टमा सहभागी हुदै
समाचार
विदाको समयको उचित सदुपयोग : कावासोतीमा होलिडे स्कुल
समाचार
ग्रीन भ्याली विद्यालयको वार्षिकोत्सब सम्पन्न
समाचार
रजहर क्रीकेट क्लबलाई जर्सी हस्तान्तरण
छुटाउनुभयो कि ?