रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा ५० पुरुष र ३३ महिला गरि ८३ जना संक्रमित थपिएका हुन् ।
शुक्रबार थपिएका ८३ जना संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका ४६ जना रहेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा २२ जना, मायादेवी गाउँपालिकामा २ जना, देवदह नगरपालिकामा १ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, शुद्धोधन गाउँपालिकामा १ जना, कोटहीमाई गाउँपालिकामा १ जना, कञ्चन गाउँपालिकामा १ जना र त्यस्तै सैनामैना नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ७ सय ९३ जना संक्रमण मुक्त भएका छन् भने ६ सय ९७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।